
‘जनताको पानी जनताकै लगानी’ अन्तर्गत तामाकोसी पाँचौं जलविद्युत् आयोजनाको सिभिल र हाइड्रो मेकानिकल संरचना निर्माणका लागि दुईवटा चिनियाँ कम्पनी छनोटमा परेका छन् ।
माथिल्लो तामाकोसी आयोजनाको सिभिल संरचना निर्माण गरेको सिनो हाइड्रो कर्पोरेसन र चाइना गेजुवा ग्रुप कम्पनी सिभिल संरचनाको अन्तिम छनोटमा परेका हुन् । यी दुई कम्पनीमध्ये एउटालाई सिभल संरचनाको जिम्मा दिनगरी यसै साता छनोट गरिनेछ ।
९९ दशमल ४ मेगावाट क्षमताको तामाकोसी पाँचौं आयोजनाको निर्माण कम्पनी छनोटपछि यो आर्थिक वर्षको अन्तिमबाट निमार्णको काम सुरु हुने आयोजना प्रमुख विनोद भण्डारीले बताएका छन् । निर्माण सुरु भएको चार वर्षमा आयोजनाको निर्माण सकिनेगरी कम्पनी छनोट गरेर जिम्मा लगाउने तयारी थालिएको भण्डारीले बताए ।
आयोजना निर्माणका लागि १८ अर्ब ५० करोड लाग्ने अनुमान गरिएको छ ।