
नेपाली नागरिकताको प्रमाणपत्र पुनःप्राप्तिका लागि रवि लामिछानेले आज (आइतबार) जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने तयारी गरेका छन् ।
लामिछानेको निजी सचिवालयका अनुसार उनी बिहान साढे १० बजे बबरमहस्थित जिल्ला प्रशासन कार्यालय काठमाडौं जाँदैछन् ।
उनले स्थानीय प्रशासनसँगको समन्वयनमा नागरिकता लिने प्रक्रिया अगाडि बढाउन लागेका हुन् ।
सर्वोच्चको आदेशमा नागरिकता लिने प्रक्रियाबारे केही नबोलेकाले प्रशासनले नियमित प्रक्रियाबाटै उनलाई नागरिकता प्रमाणपत्र दिने भएको छ ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रियामा नगई पुरानै नागरिकता प्रयोग गरेपछि लामिछाने विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो । उक्त मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरिदिएको थियो ।
सर्वोच्चले उनको सांसद पद बदर गरिदिएसँगै उनको उपप्रधानमन्त्री तथा गृहमन्त्री पदसमेत गुमेको छ ।
चितवन – २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको संस्थापक सभापति समेत थिए । अहिले उक्त पदमासमेत उनी छैनन् ।