१८ बैशाख २०८१, मंगलवार

आत्मदाह गरेका आचार्यका परिवारले भेटेर गृहमन्त्री लामिछानेले मागे क्षमा

324732004 860027585305076 2504289000530225402 n.jpg

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेको प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेर बचाउन नसकेकोमा क्षमा मागेका छन् ।

नयाँबानेश्वरस्थित संसद भवनअगाडि मंगलबार आफ्नो शरीरमा आगो लगाएका प्रेमप्रसादको बुधबार निधन भएको छ । उपचारका लागि उनलाई लगिएको कीर्तिपुरस्थित अस्पतालमा पुगेर गृहमन्त्री लामिछानेले मृतक आचार्यको परिवारका सदस्यलाई भेटेर बचाउन नसकेकोमा क्षमा मागेका हुन् ।

उनले मृतक प्रेमप्रसादले उठाएका विषयमाथि छानबिन आश्वासन पनि दिएका छन् । मृतकको आफन्तलाई भेट्नुअघि बुधबार बिहान सामाजिक सञ्जालमार्फत उपप्रधान तथा गृहमन्त्री लामिछानेले राजनीतिमा आफूहरुको आगमनले पनि युवामा उत्साह थप्न नसकेको बताएका थिए ।

आफूहरु जस्ता नयाँहरुको आगमनले समेत उत्साह थप्न, आशा जगाउन नसक्दा आत्मदाहको निर्णय फेर्न नसक्नुमा आफूसमेत दोषी रहेको गृहमन्त्री लामिछानेले भनेका थिए ।

324579773 690395852579169 5530237605777496856 n.jpg
327491951 898325254526521 7410460784373392576 n.jpg
324629379 755603329422567 8131975733839525708 n.jpg
324732004 860027585305076 2504289000530225402 n.jpg

    सम्बन्धित समाचार...