२३ बैशाख २०८२, मंगलवार

एसी मिलानलाई स्तब्ध पार्दै इन्टरले जित्यो इटालियन सुपर कप

InterMillan

इन्टर मिलानले इटालियन सुपर कपको उपाधि रक्षा गरेको गरेको छ । गएराति भएको फाइनलमा इन्टरले चिर प्रतिद्वन्द्वी एसी मिलानलाई ३ – ० गोलले पराजित गरेको हो ।

साउदी अरेबियाको रियादस्थित किङ फाहद स्टेडियममा इन्टरले खेल सुरु भएको दशौँ मिनेटमै अग्रता लिएको थियो । फेडेरिको डिमार्कोले निकोला बरेलाको क्रसमा गोल गरेका थिए ।

२१ औँ मिनेटमा इडेन जेकोले गोल गरेपछि सिरी ए को साविक विजेता मिलान पहिलो हाफमा २ – ० ले पछि पर्‍यो । दोस्रो हाफमा पनि मिलान खेलमा फर्कन नसक्दा इन्टरले थप एक गोल थप्यो ।

७७ औँ मिनेटमा अर्जेन्टिनाका लागि विश्वकप जितेका लौतारो मार्टिनेजले गोल गरेपछि इन्टरले ३ – ० खेल जित्दै लगातार दोस्रो इटालियन कोपा सुपर कपको उपाधि उचाल्यो ।

मिलानले खेलको अन्त्य तिर सान्त्वना गोल फर्काउने अवसर गुमाएको थियो । इन्टरले इटालियन कपमा पहिलो पटक मिलानमाथि जित हात पारेको हो । यसअघि सन् १९७७ मा कोपा इटालियाको फाइनलमा पराजित भएको इन्टर सन् २०११ मा सुपर कपमा हारेको थियो ।

    सम्बन्धित समाचार...