
राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको विद्युतीय बस चढेर ललितपुरको पाटनढोका पुगेकी छन् ।
शनिबार पाटनढोकास्थित मदन पुस्तकालयको अवलोकनका लागि राष्ट्रपति भण्डारी साझा यातायातको विद्युतीय बस चढेर पुगेकी हुन् ।
ललितपुर पुगेकी राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गरेका थिए ।
पाटनढोका पुगेकी राष्ट्रपति भण्डारीले मदन पुस्तकालयको अवलोकन भ्रमण गरेकी थिइन् । त्यसपछि आयोजित कार्यक्रममा पनि उनी सहभागी भइन् ।