२२ बैशाख २०८२, सोमबार

झन्डै ३५ महिनापछि रसुवागढी नाकाबाट नेपाली सामान चीन निर्यात

rasuwagadhi

झन्डै ३५ महिनापछि रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात भएको छ ।

कोरोना महामारीका कारण रोकिएको सामान निर्यात मंगलबारदेखि पुनः सुरु भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

मंगलबार नेपालबाट ८ कन्टेनर सामान चीनतर्फ निकासी भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए ।

प्रमुख भन्सार अधिकृत भण्डारीका अनुसार हिजो करिब ५० लाख नेपाली रुपैयाँ बराबरको सामान निर्यात भएको छ।

बाँसका मुढा, ह्यान्डिक्राफ्ट र तामाका सजावटका सामानलगायतका वस्तु चीनतर्फ निर्यात भएको छ ।

कोरोना महामारीपछि रसुवागढी नाकाबाट सामान निर्यात र मानिसको आवतजावत भने २०७६ माघ १५ देखि नै बन्द थियो ।

रसुवागढी चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो ।

    सम्बन्धित समाचार...