२४ बैशाख २०८२, बुधबार

ओली झापाबाट फकिर्एपछि मन्त्री परिषद्ले पूर्णता पाउने

oli kp
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापाबाट फकिर्एपछि पुष्पकमल दाहाल नेतृत्वको नयाँ सरकारको मन्त्री परिषद्ले पूर्णता पाउने भएको छ ।

एमाले अध्यक्ष ओली आफूलाई मिर्गौला दिने समीक्षा संग्रौलाका पिताको १२ औं दिनको पुण्य तिथिमा सहभागी हुन मंगलबार झापा जाँदै छन् । उनी काठमाडौं फर्किएपछि प्रधानमन्त्री दाहालसँग छलफल गरी मन्त्रीहरूको टुंगो लगाउने तयारी रहेको एक मन्त्रीले कान्तिपुर टीभीलाई बताए ।

उनले भने, ‘ओली जी झापाबाट फर्किएपछि प्रधानमन्त्री जीसँग छलफल गर्न तयारी रहेको छ । त्यही छलफलबाट को कोलाई मन्त्री बनाउने र कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने बारेमा निर्णय हुन्छ ।’

उनका अनुसार उक्त छलफलले नै सोमबार शपथ लिएका चार मन्त्रीलाई कुन मन्त्राालयले दिनेबारे निर्णय हुन्छ ।