२३ बैशाख २०८२, मंगलवार

दाहालले गरे प्रधानमन्त्रीको पदभार ग्रहण

321496694 927334024930165 8745041872013207665 n

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले पदभार ग्रहण गरेका छन् ।

प्रधानमन्त्री दाहालले आज (सोमबार) राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथग्रहण गरेपछि सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएपछि उनी आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीको पदभार ग्रहण गर्न सिंहदरबार पुगेका दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीहरुले सिंहदरबारमा स्वागत गरेका थिए ।