
मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन ।
आज दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदलीको सम्भावना छ । बिहीबार प्रदेश १ र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली हुने आकलन गरिएको छ । राति प्रदेश १ र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने ठानिएके छ ।
शनिबार देशभरकाे माैसम सामान्यतया सफा रहने माहाशाखाकाे भनाइ छ । देशका हिमाली भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
त्यस्तै, बुधबार प्रदेश १ का हिमाली भू-भागका एक-दुई स्थानमा र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।