१८ बैशाख २०८१, मंगलवार

मन्त्री शत्रुधनलाई हराउँदै हरिनारायण विजयी

hari narayan satru dhan

मधेश प्रदेशसभातर्फ धनुषा क्षेत्र नम्बर ४ (२) मा नेकपा एमालेका हरिनारायण महतो निर्वाचित भएका छन् । 

मधेश प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोलाई हराउँदै हरिनारायण निर्वाचित भएका हुन् । 

विजयी भएका एमाले उम्मेदवार हरिनारायणले १७ हजार ३०२ मत ल्याएका छन् ।  उनका निकटतम प्रतिस्पर्धी मन्त्री शत्रुधनले १५ हजार ९६० मत पाए । हरिनारायण मिथिला नगरपालिकाका पूर्वमेयर समेत हुन् । 

    सम्बन्धित समाचार...