
प्रदेशसभा सदस्यमा हाम्रो नेपाली पार्टीले विजयी खाता खोलेको छ ।
काठमाडौं क्षेत्र नम्बर ८ को प्रदेशसभा (क) बाट हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी हुनुभएको हो । बज्राचार्यले ५ हजार ४ सय ६२ मत ल्याउनुभएको छ ।
उहाँका प्रतिस्पर्धी नेकपा एमालेका राजेश शाक्यले ३ हजार ८ सय ११ मत पाउनुभएको छ । नेपाली कांग्रेसका राजुराज जोशी ३ हजार ६ सय ७० मत ल्याउनुभएको छ ।