
हाल नेपालमा पश्चिमी वायुकाे सामान्य प्रभाव रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
आइतवार देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाकाे भनाइ छ।
प्रदेश १, गण्डकी प्रदेश , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी
भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, मंगलवार राती देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाकाे पूर्वानुमान छ ।