
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नुवाकोट २ का उम्मेदवार अर्जुननरसिंह केसीले यो निर्वाचन आफ्नो लागि अन्तिम भएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियनले आज (सोमवार) विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आगामी कुनै पनि निर्वाचनमा आफू उम्मेदवार नहुने बताउनुभएको हो ।
“यो मेरो अन्तिम निर्वाचन हो । फेरि म लड्न पनि सक्तिन होला । योभन्दा अघिल्लो निर्वाचनमा अन्तिम भनेको रहेछ भने त्यो होइन, यो चाहिँ अन्तिम हो” उम्मेदवार केसीले भन्नुभयो ।
उहाँले पार्टीलाई लोकतान्त्रिक विधि तथा प्रक्रियामा अघि बढाउन र युवाको नेतृत्व पार्टीभित्र र बाहिर सुरक्षित गराउनका लागि निर्वाचनमा होमिएको बताउनुभयो ।
संसदमा राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा बोल्न सक्ने, जनताको समस्यालाई संसदमा प्रभावकारी रुपमा लैजान सक्ने आफूमात्र भएको नेता केसीले जिकिर गर्नुभयो ।