१८ बैशाख २०८१, मंगलवार

‘एभरग्रीन वर्ल्डवाइड ईन्टरटेन्मेन्ट’बाट अभिनेता रोहित रुम्बा सम्मानित

306963156 4955145097919652 760559411616460718 n

अभिनेता रोहित रुम्बा ‘राष्ट्रिय व्यक्तित्व सम्मान २०७९’ बाट सम्मानित भएका छन् ।

राजधानीमा सम्मपन्न ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम’ मा उनलाई एभरग्रीन वल्र्डवाइड ईन्टरटेन्मेन्ट सम्मानबाट सम्मानित गरिएको हो ।

मनोरन्जनको हरेक विधाका कार्यक्रमहरु, म्यूजिक भिडियो, सांस्कृतिक कार्यक्रम, चलचित्र निर्माण साथै कला साहित्य, भाषा लगायत विभिन्न विधाको प्रर्वद्धन र विकासका लागि काम गर्दै आएको एभरग्रीन वर्ल्डवाइड ईन्टरटेमेन्ट दशै वर्ष प्रवेशको अवसरमा ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०७९’ मा रोहितले उक्त सम्मान पाएका हुन् ।

हेटैँडामा जन्मेका रोहित विगत दुई दशकदेखि सिनेमा जगतमा आवद्ध भई अभिनयमा क्रियासिल रहेर लाखैँ दर्शक स्रोताको मन जितन सफल हुदै आएका छन् ।

नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघजस्ता चलचित्र र कालाकारिता सम्बन्धी संघ संस्थासँग आबद्ध भई सेवारत रहेका उनले लव ईन चाईना बोर्डर, रुद्राक्ष, तोरी लाहुरे, उफ यो मन, धुम २, रघु, नेप्टे लगायतका बिभिन्न चलचित्रहरुमा अभिनय गरिसकेका छन् । त्यसैगरी टेलिचलचित्र कुलखानदानमा १०७ औँ भागसम्म उनले अभिनय गरेका छन् ।

‘द साउण्ड अफ ड्रिम’ डकुमेन्ट्रिमा समेत अभिनय गरेका उनले अभिनयको क्षेत्रबाट २०७८ मा ‘स्पार्स म्युजिक भिडियो अवार्ड २०२१’ र राइजिङ स्टार अवार्ड जित्न सफल भएका छन् ।

कलाकारितामा स्टार बन्ने सपना बोकेर भित्रिएका रोहित करातेमा ‘बल्याकबेल्ट’ समेत रहेका छन् । रोहित नेपाली फिल्म क्षेत्रभित्र आफुलाई स्टार भन्दापनि चरित्र अभिनेताको रुपमा अबल साबित गर्न खोजिरहेका छन् । जस्को फलस्वरुप उनले अभिनय गरेको फिल्म हो ‘लाखे’ जुन कार्तिकमा प्रदर्शन हुदै छ ।

सरल स्वभाव भएका रोहित स्ट्रगल गर्ने अभिनेताको रुपमा चिनिन्छन् । उनले केहि मिडियालाई दिइएको अन्तर्वार्ता अनुसार आफु नकल झकल गर्न नजान्ने स्ट्रगलको समयमा चिउरा सँग पानि खाएर, समोसाले रात कटाएको र एक जोर जत्ताले बर्षदिन कटाएको समेत भन्ने गरेका छन् ।

यस्तै स्ट्रगल गरेर आफ्नो छुट्टै परिचय स्थापित बनाउन सफल भइसकेका रोहितलाई वरिष्ठ कलाकार निर शाह र चलचित्र विकास बोर्डका अध्यक्ष भुवन के.सीले उनलाई यो सम्मान प्रदान गरेका थिए ।

    सम्बन्धित समाचार...