
उपाधिको प्रमुख दाबेदार मानिएको भारत युएईमा जारी टि२० एसिया कप २०२२ को सुपर फोरबाटै बाहिरिएको छ । बुधबार राती पाकिस्तानले अफगानिस्तानलाई एक विकेटले हराएसँगै भारत औपचारिक रुपमा बाहिरिएको हो ।
श्रीलंका पनि फाइनलमा पुग्दा भारत भने सुपर फोरबाटै बाहिरिएको छ । सुपर फोरबाट एक खेल अगावै अफगानिस्तान र भारत बाहिरिएका छन् ।
भारत सुपर फोरमा अंक विहीन छ । तर श्रीलंका र पाकिस्तान समान ४–४ अंकका साथ फाइनलमा पुगेका छन् । भारतले बिहीबार अफगानिस्तानसँग खेल्नेछ । यी दुई टोली मध्य विजयी टोलीको दुई अंक मात्र हुनेछ ।
भारत सुपर फोरमा पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । उक्त खेलमा भारतले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पाकिस्तानले १९.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । दोस्रो खेलमा भारत श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो ।
भारतले प्रस्तुत गरेको १ सय ७४ रनको लक्ष्य श्रीलंकाले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । श्रीलंकासँगको हारसँगै भारतको फाइनल सम्भावना सकिएको थियो । अंक गणीतिय झिनो सम्भावना मात्र थियो । दुबै खेल पाकिस्तानले हारेको खण्डमा मात्र भारत फाइनलमा पुग्ने थियो । तर पाकिस्तानको जितसँगै भारत बाहिरिएको छ ।
जितका लागि १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.२ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । अन्तिम ६ बलमा पाकिस्तानलाई ११ रन चाहिँएको थियो । तर ९ विकेट गुमेको हुँदा खेल जित कठिन मानिएको थियो । फारुकीलाई पहिलो बलमा नसिम शाहले छक्का हानेपछि खेल झनै रोचक बन्यो । अन्तिम पाँच बलमा पाँच रन चाहिँएको थियो । नसिम शाहले दोस्रो छक्का हान्दै पाकिस्तानलाई फाइनलमा पुर्याए ।

१८ औं ओभरमा फजलहक फारुकीले दुई विकेट लिँदै मात्र ४ रन खर्चेपछि खेल रोचक बनेको थियो । अन्तिम १२ बलमा पाकिस्तानलाई जितको लागि २१ रन चाहिँएको थियो ।
फरिद अहमदले पहिलो बलमा आसिफ अलीलाई एक रन दिँदा दोस्रो बलमा हरिस रौफलाई बोल्ड गरेपछि पाकिस्तान दबाबमा परेको थियो । बाँकी १० बलमा पाकिस्तानलाई २० रन चाहिँएको थियो । लगत्तै अर्को बल उनले वाइड फ्याँले । तर अफगानिस्तानले रिभ्यु लिएको थियो । तर रिभ्यु नट आउट रह्यो । नसिम शाहले एक रन दिँदै आसिफलाई स्ट्राइक दिए ।
आसिफले चौथो बलमा छक्का हान्दै खेल थप रोचक बनाए । अन्तिम ८ बलमा १२ रन चाहिँएको थियो । पाँचौं बलमा आसिफ अली क्याच आउट भएपछि पाकिस्तानको जितको सम्भावना टाढिएको थियो । आसिफ अली ८ बलमा २ छक्कासहित १६ रनमा आउट भए । नसिम शाह ४ बलमा २ छक्कासहित १४ रनमा अविजित रहे ।
पाकिस्तानको जितमा शादब खानले २६ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३६ रनको योगदान दिए । इफ्तिखार अहमदले ३३ बलमा २ चौकासहित ३० रनमा आउट भए । चौथो विकेटका लागि खान र इफ्तिखारले ४१ बलमा ४२ रनको साझेदारी गर्दै स्पिनरको ओभर निकालेका थिए ।
पहिलो ओभरको दोस्रो बलमै फजलहक फारुकीले कप्ताान बाबर आजमलाई गोल्डेन डक एलबीडब्लू आउट गरे । फखार जमान ५ रनमा आउट भए । राशिद खानले नवौं ओभरको चौथो बलमा मोहम्मद रिजवानलाई २० रनमा एलबीडब्लू आउट गर्दै पाकिस्तानमाथि दबाब बढाएका थिए । रिजवानले रिभ्यु लिएपनि सफल हुन सकेनन् । रिजवानले २६ बलमा १ चौका र १ छक्का हाने ।
पाकिस्तानले शादब खानलाई माथि ब्याटिङमा पठाएको थियो । त्यसलाई शादबले सहि प्रमाणित गरे । अफगानिस्तानका मुजिब उर रहमानले ४ ओभरमा १२ रन मात्र खर्चिएर दबाबमा राखे । राशिद खानले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । फजलहक फारुकीले ३.२ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । फरिद अहमदले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए ।
त्यसअघि शारजाहमा टस हारेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २९ रन बनाएको थियो ।अफगानिस्तानका इब्राहिम जद्रानले ३७ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३५ रन बनाए ।
अफगानिस्तानले सुरुवात भने राम्रो गरेको थियो । पहिलो विकेटका लागि हज्रातुल्लाह जजाई र रहमानुल्लाह गुरबाजले ३.५ ओभरमा ३६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । हरिस रौफले गुरबाजलाई १७ रनमा बोल्ड गर्दै पहिलो सफलता दिलाए ।
उनले ११ बलमा २ छक्का हाने । अर्को ओभरमा जजाईलाई मोहम्मद हसनैनले २१ रनमा बोल्ड गरे । जजाईले १७ बलमा ४ चौका प्रहार गरे । त्यसपछि अफगानिस्तान खेलमा फर्किन सकेन । करिम जन्नत १५, नाजिबुल्लाह जद्रान १० र मोहम्मद नाबी शून्यमा आउट भए ।
राशिद खान १५ बलमा २ चौका र १ छक्कासहित १८ रनमा अविजित रहे । पाकिस्तानका हरिस रौफले ४ ओभरमा २६ रन खर्चेर सर्वाधिक २ विकेट लिए । मोहम्मद नवाजले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए । शादब खानले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । मोहम्मद हसनैनले ४ ओभरमा ३४ रन खर्चेर १ विकेट लिए । नसिम शाहले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिए ।
पाकिस्तान र श्रीलंका फाइनलमा पुगेका छन् । भारत र अफगानिस्तान बाहिरिएका छन् । विहीबार भारत र अफगानिस्तानबीच अन्तिम खेल हुनेछ । शुक्रबार सुपर फोरको अन्तिम खेलमा पाकिस्तानले श्रीलंकासँग खेल्नेछ । यो खेल पहिलो र दोस्रो स्थानमा रहने टोली निर्धारण गनेछ ।

फाइनल आइतबार हुनेछ । भारत सुपर फोरमा पाकिस्तानसँग ५ विकेट र श्रीलंकासँग ६ विकेटले पराजित भएपछि पहिलो चरणबाटै बाहिरिएको हो । अफगानिस्तान श्रीलंकासँग ४ विकेटले पराजित भएको थियो ।
पाकिस्तानले अन्तिम खेलमा शुक्रबार श्रीलंकासँग खेल्नेछ । उक्त खेलले कुन टोली शीर्ष र दोस्रो स्थानमा रहने निर्धारण गर्नेछ । आइतबार श्रीलंका र पाकिस्तान नै उपाधिको लागि खेल्नेछन् ।
बुधबार पाकिस्तानले अफगानिस्तानमाथि एक विकेटको रोमान्चक जित हात पार्यो । जितको लागि पछ्याएको १ सय ३० रनको लक्ष्य पाकिस्तानले १९.२ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।
पाकिस्तानलाई अन्तिम ६ बलमा ११ रन चाहिँएको थियो । क्रिजमा नसिम शाह थिए । नसिमले फजलहक फारुकीलाई पहिलो र दोस्रो बलमा छक्का हान्दै पाकिस्तानलाई अविस्मरणीय फाइनलमा पुर्याए ।