२० बैशाख २०८१, बिहीबार

आठ घण्टा बित्दा पनि खुलेन नारायणगढ–मुग्लिन सडक

narayan muglin
फाइल फोटो

पहिरो खसेको ८ घण्टा बित्दा पनि अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडकखण्ड खुलेको छैन । 

अविरल वर्षाको कारण नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा  आज बिहान ६ बजे पहिरो खसेको थियो । 

पहिरोका कारण उक्त सडकखण्डमा सवारी आवागमन पुर्ण रुपमा अवरुद्ध भएको छ । 

चार वटा जेसीवी प्रयोग गरि पहिरो हटाउने कार्य भैरहे पनि वर्षासँगै पहिरो झर्ने क्रम नरोकिएकोले पहिरो पन्छाउन केही समस्या भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

    सम्बन्धित समाचार...