१८ बैशाख २०८१, मंगलवार

कपिलवस्तुमा बस र टिपर ठोक्किँदा २१ जना घाइते 

कपिलवस्तुमा बस र टिपर ठोक्किँदा २१ जना घाइते 

कपिलवस्तु, १२ भदौ 

कपिलबस्तुको बुद्धभुमी नगरपालिका–१० मा आज भएको सवारी दुर्घटनामा २१ जना घाइते भएका छन् । 

तौलिहवाबाट काठमाण्डौतर्फ आउँदै गरेको बा २ ख ६६६० नम्बरको हाइस र बिपरित दिशाबाट जाँदै गरेको ना ८ ख ६६९७ नम्बरको टिपर आज दिउँसो पौने १ बजे ठोक्किएका थिए । 

दुर्घटनामा हाइसमा सवार २१ जना घाइते भएका हुन् । घाइते सबैलाई उपचारको लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ । 

घाइते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ । 

दुबै सवारी साधन सहित टिपर चालकलाई इलाका प्रहरी कार्यालय गोरुसिङगेले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित समाचार...