६ जेष्ठ २०८१, आईतवार

दीपा प्लेयर अफ दी म्याच, डेब्यु खेलमै दुई गोल

IMG 20220813 WA0001

नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर दीपा न्यौपानेको दुई गोल प्रेरित डन बस्को फुटबल एकेडेमीले शनिबार भारतको केरेला महिला लिगमा पहिलो जित निकालेको छ ।


पहिलो जित निकाल्ने क्रममा दीपाले महत्त्वपूर्ण दुई गोल गरेपछि डन बस्कोले इमिरेट्स सकर क्लबलाई ५–२ ले हराएको थियो ।

नेपाल पुलिस क्लबकी मिडफिल्डर समेत रहेकी दीपा पहिलो खेलमा भने उपलब्ध भएकी थिइन् । दोस्रो खेलमा उपलब्ध भएकी दीपाले पहिलो एघारमै पूरा समय मैदान बिताइन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी दीपा प्लेयर अफ दी म्याच घोषित भइन् ।

दीपाले पहिलो खेल राम्रो भएको र अन्य खेलमा समेत मेहनत गर्ने बताइन् ।”डेब्यु खेलमै प्लेयर अफ दि म्याच भए । निकै खुसी छु । आगामी खेलमा मेहनत गर्दै सत प्रतिशत नतिजाको लागि खेल्छौ” दीपाले भनिन् ।

इमिरेट्सले खेलमा अग्रता बनाएपनी जोगाउन सकेन । बस्कोको जितमा दीपा सहित प्रेस्माले दुई गोल गरिन् । यस्तै, पुष्पाले अर्को गोल थपिन् । इमिरेट्सको लागि अनिथा र अल्फोन्सियाले एक एक गोल गरे ।

यस संगै बस्कोले दुई खेलबाट तीन अंक जोडेको छ ।

    सम्बन्धित समाचार...