
नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ‘माकुरी जालमा’ परेको टिप्पणी गरेका छन् ।
एकीकृत समाजवादीभित्र मन्त्री हेरफेरको विषय पेचिलो बन्दै गएपछि नेता बास्कोटाले गएराति ट्वीट गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
अध्यक्ष नेपालको निर्णय मन्त्रीहरूले नमानेकोतर्फ संकेत गर्दै उनले लेखेका छन्, ‘माकुराको बच्चाले जालोमा शिकार नपरेपछि अन्तिममा आफ्नै माउको शिकार गरेर पेट भर्छ । शिखण्डीको भरिया बन्याुथ्यो। बल्ल पर्यो नीरमाया माकुरी जालैमा !’
एकीकृत समाजवादीले बहालवाला मन्त्री फिर्ता गर्ने र नयाँ पठाउने निर्णय गरेको तीन साता बितिसके पनि कार्यान्वयन हुन छैन ।