२१ बैशाख २०८२, आईतवार

दश खेलाडीमा सिमित इंग्ल्यान्डको पोष्टमा हंगेरीको चार गोल

England vs Hungary

दश खेलाडीमा सिमित इंग्ल्यान्डविरुद्ध यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत मंगलबार राति हंगेरीले ४–० को सहज जित निकालेको छ ।  

हंगेरीको जितमा रोलान्ड सलाईले दुई तथा नागी र डानिल गाज्दागले एक एक गोल गरे । खेलको ८२औं मिनेटमा इंग्ल्यान्डको जोन स्टोन्स रातो कार्डको सामना गर्दै बाहिरिएका थिए । 

जितसँगै हंगेरी समूह ए ३ मा ७ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ । इंग्ल्यान्ड ४ खेलमा २ अंक जोडेर पुछारमा छ ।

    सम्बन्धित समाचार...