२३ बैशाख २०८२, मंगलवार

कुन क्षेत्रमा कति बजेट आयो ?

janardan sharma1

अर्थमन्त्री जनार्दन शर्माले आगामि आर्थिक बर्षकालागी संघिय संसदमा नयाँ बजेट प्रस्तुत गरेका छन् । चालु आर्थिक बर्षमा कुल बजेटको हाल सम्म ५८ दशमलव ६९ प्रतिशत मात्र खर्च गरेको सरकारले फेरी दर्जन बढी लोकप्रिय कार्यक्रम थप्दै बजेट सार्वजनीक गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । जसअनुसार संघको चालुगत खर्चका लागि ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको ४२ प्रतिशत हो । त्यस्तै पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको २१ प्रतिशत हो ।

त्यसैगरी अर्थमन्त्री शर्माले वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ३ अर्ब २२ करोड रुपैयाँ अर्थात १२ प्रतिशत विनियोजन गरेका छन् ।त्यस्तै प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने रकम ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात २३ प्रतिशत रहेको छ । विनियोजन गर्ने खर्च रकममध्ये राजश्वबाट १२ खर्ब ४० अर्ब ११ करोड र वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड जुटाइने शर्माले बताए ।

नपुग करिव साढे ५ खर्ब रुपैयाँ ऋण लिइने छ । जसअनुसार २ खर्ब ४२ अर्ब वैदेशिक ऋण र २ खर्ब ५६ अर्ब आन्तरिकबाट उठाइने उनले बताए । गत वर्ष सरकारले १७ खर्ब ४७ अर्ब ५७ करोड को बजेट ल्याएको थियो । गत बर्ष भन्दा यो वर्ष बजेटको आकार बढेको छ । उत्पादन बढाउन कृषि क्षेत्रमा मात्र ५५ अर्ब ९७ करोड छ्ट्याइएको छ । जसमा उखु उत्पादन देखि आधुनिक कृषी प्रणालीमा प्रवलीकरण सम्ममा कार्यक्रम तय गरिएको छ ।

उत्पादन वृद्धी गर्न उद्योग क्षेत्रमा १० खर्ब ४८ करोड छ्ट्याइएको छ । जसमा उद्योगलाई पुर्नकर्जा देखी सहुलीयत कर्जा सम्ममा योजना समावेस रहेका छन् । त्यस्तै, पर्यटन क्षेत्रको विकासका लागी ९ अर्ब ३८ करोड छ्ट्याइएको छ । जसमा गुणस्तरीय पर्यटक भित्याउने, धार्मिक पर्यटकिय क्षेत्रको विकास र खेल पर्यटनलाई प्रथमिकता दिने सम्मका कार्यक्रम समावेस गरिएको छ । त्यसैगरी, भुमि क्षेत्रको विकास र संरक्षणका लागी ७ अर्ब ४ करोण विनीयोजन गरिएको छ । त्यस्तै, बन क्षेत्रको संरक्षण गर्न १३ अर्ब रकम विनीयोजन गरिएको छ ।

जसका विक्षारोप देखि भु क्षय रोक्ने साथै चुरो क्षेत्र को संरक्षण सम्मका कार्यक्रम समावेस गरिएको छ । त्यस्तै, युवाशक्ती लाई विदेशिन बाट रोक्न साथै स्वदेसमै रोजगारी श्रीजना गर्न ९ अर्ब १३ करोड रकम विनीयोज गरिएको छ । त्यस्तै, स्वाथ्य क्षेत्रमा ६९ अर्ब ३८ करोड रकम विनियोजन गरिएको छ । जसमा दिर्घ रोगी लाई मासिक ५ हजार प्रदान गरिने देखि स्वास्थ्य पुर्वाधारको निर्माण सम्मका कार्यक्रम समावेस गरीएको छ ।

त्यसैगरी, शिक्षा क्षेत्रका लागी ७ अर्ब ५ करोड रकम विनियोजन गरीएको छ । जसमा विध्यालयको पुर्वधार निर्माण र विद्यार्थीको क्षमता बढाउने देखि ८ कक्षा सम्मका बालबालीका दिवा खाजाको व्यावस्था गरिएको छ । त्यस्तै, खानेपानी मन्त्रालयका लागी ३६ अर्ब ३५ करोड रकम विनियोजन गरिएको छ । जसमा मेलेम्ची खाने पानी काठमाण्डौमा ल्याउने देखि सवै स्थानीय तह मा खानेपानी को सेवा उपलव्द गराउने सम्मका कार्यक्रम तय गरिएको छ ।

त्यसैगरी, सामाजीक सूरक्षाका लागी १ खर्ब ३४ अर्ब १ करोण रकम विनियोजन गरिएको छ । जसमा ६८ बर्ष माथीका नागरिकलाई वृद्ध भत्ता बढाउने विषय समेटिएको छ । त्यस्तै, खेलकुद क्षेत्रको विकासकालाई २ अर्ब ४६ करोण रकम विनियोजन गरिएको छ । जसमा बहू चर्चित गौतम वुद्ध अन्तर्राष्ट्रिय विमान स्थल देखि राष्ट्रिय खेलाडीलाई आजीवन भत्ताको व्यावस्था गरिएको छ । त्यस्तै, महिला र वालवालीकाको सुरक्षा लागी १ अर्ब ७७ करोण रकम विनियोजन गरिएको छ ।

त्यस्तै, पुर्वाधार क्षेत्रको विकासका लागी उल्लेखिय बजेट विनियोजन गरिएको छ । जसमा पुर्वपश्चीम राजमार्गलाई ४ लेनको बनाउने देखि फास्ट ट्याक सम्पन्न गर्ने र अधिकांस सडकलाई कालोपत्रे गर्ने योजना छ । त्यस्तै, नागढुङ्गा सुरुङ मार्ग निर्माण देखि दर्जन बढी सुरुङ मार्गको सम्भाव्यता अध्यायन गर्ने उल्लेख गरिएको छ । जसमा उर्जाको पर्वाधारमा मात्र ७५ अर्ब १० करोडा रकम छुट्याइएको छ ।

त्यस्तै, सरकारले चितवनलाई केन्द्रमा राखेर ३ द्रुतमार्ग निर्माण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं र चितवन एक घण्टामा यात्रा गर्न सकिने गरी चन्द्रागिरी–पालुङ–चित्लाङ– चितवन द्रुतमार्ग घोषणा गरे । यस्तै निजी क्षेत्रमार्फत चितवन–रामपुर–बुटवल र चितवन–रामपुर–पोखरा द्रुतमार्ग बनाउन लगानी बोर्डमार्फत् प्रक्रिया थाल्ने समेत बजेटमा उल्लेख छ । त्यस्तै, वित्तीय क्षेत्रको सुधारको लागी सहकारी संस्थाको नियमन गर्न राष्ट्रबैंकको मातहतमा नयाँ नियामक निकाय बनाउने देखि पुजिबजारमा बैदेशिक रोजगारीमा गएका नेपालीलाई आरक्षण को व्यावस्था गरिएको छ ।