
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ८२ पुगेको जनाएको छ।
मंगलबार बिहान जारी गरेको विज्ञप्तिमा मन्त्रालयका अनुसार भेरी अस्पताल नेपालगंजको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएपछि सो संख्या ८२ पुगेको हो।
नयाँ थपिएका संक्रमितमा नेपालगंज-८ निवासी २०,३० र ४० वर्षका तीन पुरुष तथा ९ वर्षिया बालिकासहित ३२, ३४ र ५५ वर्षका महिला रहेका छन्।
मन्त्रालयको विज्ञप्ति अनुसार उनीहरू सबैको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मी निगरानीमा रहेको जनाएको छ।