२१ असार २०८२, शनिबार

मनरासिस्वा नगरपालिकामा नेकपा एमालेको अग्रता

20220514 012200

मनरासिस्वा नगरपालिकाको प्रारम्भिक मतगणनाको नतिजामा नेकपा एमालेले अग्रता लिएको छ ।

मेयर पदको लागी नेकपा एमालेले ४६६ मत प्राप्त गरेसँगै निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसले ४५२ मत प्राप्त गरेको छ ।

त्यसैगरी लोसपाले १४७, जसपाले २८५ मत प्राप्त गरेका निर्वाचन कार्यालय मनरासिस्वाले जनाएको छ ।

उपमेयरमा भने नेपाली काङ्ग्रेसले ४४३ मत ल्याएर अग्रता लिएको छ । काङ्ग्रेसको पछि-पछि नेकपा एमालेले ४३४ मत ल्याएर प्रतिस्पर्धामा छ ।

यस्तै लोसपाका उपमेयर १२७, जसपाका उपमेयरले २७२ मत प्राप्त गरेका छन् ।

    सम्बन्धित समाचार...