१८ बैशाख २०८१, मंगलवार

अहिले पनि दुई सदस्यले उम्मेद्वारी फिर्ता लिएपछि लोमान्थाङमा दलित महिला कोटा शून्य

election

उम्मेद्वारको हाडबाजी छ, तल्लो क्षेत्रमा । बल्ल-बल्ल उम्मेद्वार पाइन्छ हिमालतिर । लोमान्थाङमा उम्मेद्वार नपाएर अघिल्लो कार्यकाल दलित महिला सदस्यको कोटा शून्य भयो । ५ वटै वडामा दलित महिला सदस्य उठेनन् । यसपलि वडा नम्बर ५ मा एमाले र कांग्रेस दुवै पार्टीले उम्मेद्वार उठाएका थिए ।

तर उम्मेद्वारी फिर्ता लिने समयमा उनीहरु दुवैजना चुनावी रेसबाट बाहिरिए । अहिले पनि लोमान्थाङमा दलित महिला सदस्यको कोटा शून्य भएको छ । नेपाली कांग्रेसबाट भिपिक विश्वकर्मा र एमालेबाट धावा पामो ल्होवाले उम्मेदवारी दर्ता गराएका थिए । तर दुवै जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत घनश्याम सुवेदीले जानकारी दिए ।

उनीहरुले आफ्नो ब्यक्तिगत कारण देखाएर फिर्ता लिएका हुन् । उनीहरुले ब्यक्तिगत कारणले उम्मेदवारी फिर्ता लिएका हुन् ।

लोमान्थाङमा मात्रै होइन लोमान्थाङका पनि ४ वडामा दलित महिला सदस्य छैनन् । एउटा वडामा एकजनाको मात्रै उम्मेदवारी परेका कारण निर्विरोध निर्वाचित भएका छन् । लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा नम्बर २ मा टसी ल्हामो सुन्चुरीले मात्रै उम्मेद्वारी दर्ता गरेका कारण उनी सर्वसम्मत निर्वाचित भएकी हुन् ।

    सम्बन्धित समाचार...