१३ कार्तिक २०७७, बिहीबार

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुटवलमा एक जनाको बेवारिसे शव फेला परेको छ भने एक जनाको करेन्ट लागेर मृत्यु भएको छ ।

सियारी गाउँपालिका–१ नागथानका ४० वर्षीय कृष्णबहादुर केसीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिनुभयो । नहरबाट मोटर लगाई पानी तानी आफ्नै बारीमा लगाउने क्रममा बिहान ११ः५० बजे उहाँलाई करेन्ट लागेको थियो ।

यस्तै बुटवल उपमहानगरपालिका–३ गोलपार्कस्थित सिद्धार्थ राजमार्गको नालीमा बिहान बेवारिसे शव फेला परेको छ । अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटी लुम्बिनी प्रादेशिक अस्पतालमा परीक्षणका राखिएको जनाइएको छ ।