१० कार्तिक २०७७, सोमबार

गण्डकीमा १३ सङ्क्रमित थपिए

गण्डकी प्रदेशमा १३ कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ६७३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा।विनोद विन्दु शर्माका अनुसार कास्कीका सात तथा तनहुँ र लम्जुङका तीन÷तीन जना कोरोना सङ्क्रमित थपिएका छन ।

कोरोना सङ्क्रमणका कारण प्रदेशमा हालसम्म ३३ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये दुई हजार ५५४ जना निको भएका छन् भने एक हजार ८६ जना सक्रिय सङ्क्रमित छन् ।