८ आश्विन २०७७, बिहीबार

अपडेट: काठमाडौं उपत्यकामा भूकम्पकाे धक्का महशुस

काठमाडौं उपत्यकमा भूकम्पको धक्का महसुस भएको छ । बुधबार अपरान्ह करिब ४:३० बजे भूकम्प गएको हो ।

ललितपुरको बंगलामूखी केन्द्र बनाएर ३.५ रेक्टरको भूकम्प गएको छ । आज दिउसो ४ बजेर ३० मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन् ।

भूकम्पको धक्का काठमाडौं, ललितपुर र भक्तपुर लगायतका जिल्लामा महसुस गरिएको थियो । गएराति पनि काठमाडौंको थापाथली केन्द्र बनाएर २.७ रेक्टरको भूकम्प गएको थियो ।