२८ असार २०७७, आईतवार

थप एक कोरोना संक्रमितको निधन, कोरोनाले ज्यान गुमाउनेको संख्या २५ पुग्यो

coronavirus dead body
सांकेतिक तस्विर

गण्डकी प्रदेशमा थप १ एक जना कोरोना संक्रमित बिरामीको निधन भए सँगै नेपालामा कोरोनाको कारण निधन हुने को संख्या २५ पुगेको छ ।

असार ८ गते अस्पताल भर्ना भएका स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ बजेर ३५ मिनेटमा निधन भएको बताइएको छ । डायबिटिजबाट समेत पीडित उनको स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गर्दागर्दै कोरोना संक्रमितको मृत्यु भएका स्याङ्जाका यी पुरुष दोस्रो व्यक्ति हुन् ।

pokhara corona death