१३ आश्विन २०७७, मंगलवार

रौतहट र बारामा ९ जना कोरोना संक्रमित थपिए, संक्रमित संख्या ३०४ पुग्याे

रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् । नेपालमा काेराेना संक्रमित संख्या ३०४ पुगेकाे छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडाैँमा गरिएकाे परीक्षणमार्फत् ९ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

बारामा पनि पत्रकारलाई कोरोना संक्रमण

बाराका कोरोना संक्रमित पत्रकार भएको खुलेको छ ।

सोमबार स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको उल्लेख छ ।

बाराको करैयामाई निवासी उनी पत्रकार रहेको स्रोतले बतायो ।